बृहत छलफल र सहमति जुटाएर मात्र प्रदेश नं. १ को राजधानी तोकिन्छः कार्की

५ फागुन ०७४, काठमाडौं ।  संघीय मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बृहत छलफल र सहमति जुटाएर मात्र प्रदेश नं. १ को राजधानी तोकिने बताएका छन् ।

शनिबार प्रेस चौतारी र प्रेस सेन्टर झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कार्कीले  सो कुरा बताएका हुन् । उनले प्रदेश नं. १ को स्थायी राजधानीका लागि विभिन्न ठाउँको नाम चर्चामा आए पनि सबै दलको सुझाव र सहमतिले मात्र राजधानी तोकिने बताएका हुन् ।

मन्त्री कार्कीले प्रदेश नं. १ को  नामाकरण भौगोलीक, प्राकृतिक, सांस्कृतिक, जातीय र धार्मिक आधारलाई विचार गरेर मात्र गरिने  बताबताउँदै उनले भने – ‘सबै आधारलाई विचार गर्दा लिम्बुवान, विराट, कन्चनजंघा, सगरमाथा जे पनि नाम राख्न सकिन्छ । तर यस विषयको टुंगो सबैको सहमतिमा नै लाग्नेछ ।’

सबैभन्दा छिटो राजधानीको टुंगो लगाउनुपर्ने र त्यहा सोही अनुसारको भौतिक पूर्वाधारको विकाश गर्नुपर्नेमा मन्त्री कार्कीको जोड थियो । अहिले संघीयताको अभ्यासको पहिलो चरणमा रहेकाले सबै कुराको व्यवस्थापन राम्रो संग नभएको उनको भनाइ छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत