माओवादी संसदीय दलको नेतामा अध्यक्ष दाहाल चयन

६ फागुन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन् ।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई नै दलको नेता चयन गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेकाे बताइन् ।

बैठकमा अध्यक्ष दाहालले पार्टी एकता, सरकार गठनलगायत समसामयिक विषयमा ब्रिफिङ गरेको प्रवक्ता भुसालले बताइन् ।

बैठकले एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने निर्णय गरेको छ । पार्टी एकता  टुंगिएपछि मात्र सरकारमा कसको नेतृत्वमा पठाउने बारे छलफल हुने उनले बताइन् ।

अध्यक्ष दाहालले समाजवादी समाज र समृद्ध नेपालका पक्षमा संसद्‍मा भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएका थिए । संसदीय मोर्चालाई समेत युद्धकै एउटा स्वरुपका रुपमा लिएर भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

 पार्टीले समानुपातिकबाट  निर्वाचित सा‌ंसदलार्इ प्रमाणपत्र वितरण गरेकाे छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत