सेनाद्वारा बागमती पुलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

८ फागुन ०७४, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा भेटिएको शंकास्पद वस्तुलाई डिस्पोज गरिएको छ ।

मंगलबार नेपाली सेनाको बम डिस्पोजल टोलीले  उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो । उक्त स्थानमा शंकास्पद वस्तु फेला परेपछि त्यहाँ भएर गुड्ने सवारी आवागमन प्रवाभित भएको थियो ।

सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु ठूलो आवाजसहित पड्केको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै अवरुद्ध सडक पनि खुलेको छ । शंकास्पद वस्तु  बम नभएर  होक्स भएको पुष्टि भएको छ ।

आज नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले बन्दको आह्वान गरेकोले उक्त शंकास्पद वस्तु पनि सर्वसाधारणलाई त्रशित बनाउने उद्देश्यका साथ सोही समुहका कार्यकर्ताले राखेको आशंका प्रहरीले गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत