मानवीय त्रुटिका कारण जन्ममिति फरक परेको होः डा. केसी

९ फागुन ०७४, काठमाडौं । प्रा.डा. गोविन्द केसीले मानवीय त्रुटिका कारण आफ्नो जन्ममिति फरक परेको स्वीकार गरेका छन् ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा बुधबार पत्रकार सम्मेलन गरी डा.केसीले नागरिकता र प्रवेशिका (एसएसली)को चारित्रिक प्रमाण पत्र सार्वजनिक गर्दै आफ्नो जन्ममितिबारे जानकारी गराएका हुन् ।

केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको नागरिकता अनुसार उनको जन्म २०१३ असोज २७ छ भने एसएलसीको चारित्रिक प्रमाण पत्रमा २०१३ माघ २४ गते उल्लेख छ। डा.केसीले पत्रकार सम्मेलनमा बढुवाका लागि पेस गरिएका कागजात फरक जन्ममिति हुनु मानवीय त्रुटी भएको स्वीकार गर्दै त्रुटीबारे पहिले नै थाहा भएको भए सम्बन्धित निकायमा गएर आफूले त्रुटी सच्चिसक्ने बताए ।

नागरिकता र अन्य प्रमाणपत्र नबुझाएको भन्ने आरोप सत्य नभएको दाबी गर्दै उनले आफ्ना कागजात त्रिविका पदाधिकारीले गायब गरेर अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाए ।

प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिनको माग गर्दै आएका डा.केसीमाथि नै विभिन्न तहको बढुवाको क्रममा बुझाएको प्रमाण पत्रबारे प्रश्न उब्जिएको छ ।

उनले प्रधानन्यायाधीश पराजुलीलाई अबको संसद्ले महाअभियोग लगाएर हटाउनुपर्ने माग गर्दै प्रधानन्याधीश पराजुली भ्रष्ट भएकाले उनलाई पदबाट नहटाए फेरि आन्दोलन गर्ने केसीले चेतावनी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत