प्रदेशको शान्ति सुरक्षाको लागि विशेष योजना आउँछ – मन्त्री चुमान

१० फागुन ०७४, तनहुँ । प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले जनताले शान्ति सुरक्षा र कानुनीराजको अनुभुति पाउने नीति निर्माणमा लागिरहेको बताएका छन ।

गृह जिल्ला तनहुँको ब्यास नगरपालिका १२ छिर्कनस्थित अमरज्योति माध्यामिक बिद्यालयको स्वर्णजयन्ती समारोहको उदघाटन गर्दै मन्त्री चुमानले यस्तो बताएका हुन् ।

उनलेे सरकार जनताको घर आँगनमा सजिलै पुग्न सक्ने व्यवस्था निर्माणमा अाफ्नाे ध्यान केन्द्रीत रहेको बताए ।

पहिलो पटक प्रदेश सरकार र स्थानीय सरकारको अभ्यासमा रहेकाले केही कानुन र नीति निर्माणमा समय खर्चनु पर्ने उनलेे बताए ।

केन्द्रीकृत शासन प्रणालीबाट संघियताको मोडलमा जाँदा केही अन्यौलता जस्तो देखिएपनि बिस्तारै सहजतातर्फ जाने र परिणाम निस्कने उनको बिस्वास थियो ।

अहिलेका न्याय सम्पादन प्रणालीमा पनि सुधार आवश्यक रहेको बताउँदै मन्त्री चुमानले न्यायमा सर्वसाधारणको सहज पहुँच र दण्डहीनताको अन्त्यका लागि मन्त्रालय कठिबद्ध भएको बताए ।

उनले भर्खरै बसेको प्रदेश मन्त्री परिषदको बैठकबाट प्रदेशमा अावश्यक पर्ने कानुन निर्माणका लागि आफ्नो नेतृत्वमा मस्यौदा समिति बनिसकेको र साे समितिले काम सुरु गरिसकेको जानकारी दिए ।

कानुन निर्माणपछि जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी जनपक्षीय कामहरु गरिने कुरामा विस्वस्त रहन मन्त्री चुमानले आग्रह गरे ।

बिद्यालयका प्रधानाध्यापक अम्विका पाण्डेले शिक्षा मन्त्रालय र स्थानीय जनश्रमदानबाट १२ कोठे भवनको निर्माण भएको जानकारी दिइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत