प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार

१४ फागुन ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले चार मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । थप हुने मन्त्रीहरु माओवादीबाट नेता रामबहादुर थापा (बादल) र मात्रिका यादव हुन् भने एमालेबाट महासचिव ईश्वर पोखरेल  र पूर्वगर्भनर युवराज खतिवडा  छन् ।

माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् भने मात्रिका यादव उद्योगमन्त्री बनेका छन् ।

यस्तै  एमालेबाट महासचिव ईश्वर पोखरेल पनि बन्त्री बनेका छन् भने युवराज खतिवडा अर्थमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत