सिरियामा भएको नरसंहारको विरोधमा काठमाडौंमा धर्ना

१४ फागुन ०७४, काठमाडौं । सिरियामा भएको नरसंहारको विरोधमा काठमाडौंमा युवाहरुले धर्ना दिएका छन् ।

सोमबार रसियन राजदुतावास अगाडि युवाहरुले धर्ना दिएका हुन् । उनीहरुले युद्धमा ज्यान गुमाएका बालबालिका एवं सिरियाली नागरिकको सम्झनामा दिप प्रज्जवलन गरेका छन् ।

बालबालिकाका क्षेत्रमा क्रियाशिल युवाको जमातले १५० बालबालिकासहित ५ सयभन्दा बढीको मृत्यु भएको स्मरण गर्दै आक्रमणको निन्दा समेत गरे ।

बाच्न पाउने नैसर्गिक अधिकारमाथि शक्ति राष्ट्रले अन्तरिक कलहमा फसेको मुलुकमाथि गरेको यस्तो कार्यले बिश्व शान्तिलाई खलबल पुर्‍याएको भन्दै ध्यानाकर्षण गराइएको बाल अधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रबिन सिलवालले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत