प्रदेश नम्बर २ मा मन्त्रिपरिषद् विस्तार

१६ फागुन ०७४, जनकपुर । प्रदेश नम्बर २ मा मन्त्रिपरिषद् विस्तार भएको छ ।

बुधबार मुख्यमन्त्री लालबाबु राउतले  १० सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले नयाँ मन्त्रीहरूलाई सपथ गराएका छन् । मुख्यमन्त्री राउतले राज्यमन्त्रीहरूलाई सपथ गराएका छन् ।

संघीय समाजवादी फोरमबाट ज्ञानेन्द्र यादवले प्रदेशको गृहमन्त्रालय समेत मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा पाएका छन् भने राज्यमन्त्रीमा सरोज सिंह भएका छन् ।

शैलेन्द्र साहले भूमि, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने योगेन्द्र रायले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

राजपाले नवलकिशोर साह रामनरेश रायलाई मन्त्री पठाएको छ । नवलकिशोर साहले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने रामनरेश राय उद्योग, पर्यटन तथा वातावरण मन्त्री बनेका छन् । समाजिक विकास मन्त्रालय मन्त्रालयमा संघीय समाजवादी फोरमका तर्फबाट उषादेवी यादव राज्यमन्त्री भएकी छन्  ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत