गुलरियामा महिलालाई कुटपीट गरेको आरोपमा वडाअध्यक्षमाथि उजुरी

१७ फागुन ०७४, काठमाडौं । गुलरिया नपा-९, टेपरीका वडाध्यक्ष हरिप्रसाद पासीको नेतृत्वमा आएका समूहले स्थानीय एक महिलालाई कुटपीट गरी गम्भीर घाइते बनाएका छन् ।

बुधबार मध्यरातमा आफ्न्तीको विवाह घरबाट फर्किने क्रममा ४८ वर्षीया सैती थारुलाई पासीलगायत समूहले लछारपछार गर्दे कुटपीट गरेको थारुका छोरा सञ्जीवले बताए । कुटपीटबाट उनको छातीमा गम्भीर चोट लागेकोले जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

प्रहरी नायव उपरीक्षक युवराज खड्काले घटनाका सम्बन्धमा छानबिन प्रक्रिया अघि बढाइएको बताए । घटनाको विरोधमा स्थानीय महिला वडाध्यक्ष पासीमाथि कडा कारबाहीको माग गर्दे जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् ।

घटनाका सम्बन्धमा वडाध्यक्ष पासीले आफूले हातपात नगरेको दाबी गरे ।

आरोपमा प्रहरी कार्यालयमा उजुरी दिइकी छिन् तर उजुरी दर्ता भएको छैन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत