सलमान खान नेपाल नआउने, कार्यक्रम स्थगित

१८ फागुन ०७४, काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

काठमाडौंमा मार्च १० मा तय भएको ‘दबंग द टुर’ कार्यक्रमलाई विप्लव समूहले चेतावनी दिएका कारण कार्यक्रम स्थगित भएको हो ।

भारतीय सुपर स्टार सलमान खान नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले  शाे रद्द गरेकाे हो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

नेपालको पर्यटन क्षेत्रमा विकाशकारी भूकम्प र नाकाबन्दीपछि  परेको नकारात्मक प्रचार न्यूनिकरण गर्न नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । सलमान खानको टिमसँग सम्वाद  र नयाँ मिति तय गर्ने प्रयासमा आयोजक संस्था रहेको एक अधिकारीले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत