सर्वोच्चमा पत्रकार प्रवेशमा रोक

२० फागुन ०७४, काठमाडौं । सर्वोच्च अदालत परिसर छिर्न पत्रकारलाई रोक लगाइएको छ ।

अदालतको अवहेलना मुद्दामा बयानका लागि कान्तिपुरको टोली सर्वोच्च अदालतमा पुगेलगत्तै प्रवेशमा कडाइ गरिएको हो । अदालतको अवहेलना मुद्दामा बयान दिन कान्तिपुर टोली आइतबार बिहान ११ बजे सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

अदालत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सूचना विभागको प्रेस पास देखाउँदा पनि सर्वोच्च अदालत छिर्न दिएका छैनन् । कार्ड लिएर सर्वोच्चमा समाचार संकलनमा गएका राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार बाहिर गेटमै बसेका छन् ।

मुख्य रजिस्ट्रार राजनप्रसाद भट्टराईले पत्रकारलाई समाचार संकलनमा रोक लगाउने नीति नभएको बताएका छन् । तर, पत्रकार गेटमै रोकिंदा पनि सर्वोच्च प्रशासनले प्रवेश सहज बनाउन सकेको छैन ।

बयानका लागि कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा तथा संवाददाता कृष्ण ज्ञवाली सर्वोच्च अदालत उपस्थित भएका छन् ।

कान्तिपुरप्रतिऐक्यबद्धता जनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार, अधिकारकर्मी, राजनीतिक दलका नेतालगायतको उपस्थिति छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत