केन्द्र सरकारले कानून नबनाइदिँदा प्रदेश सरकार अन्योलमा परेको छ– मन्त्री शालिकराम

२१ फागुन ०७४, काठमाडौं । प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले केन्द्र सरकारले कानून नबनाइदिँदा प्रदेश सरकार अन्योलमा परेको बताएका छन् ।

सोमबार हेटौंडामा आयोजित कार्यक्रममा मन्त्री जम्मरकट्टेलले  केन्द्र  सरकारले कानून नबनाइदिँदा प्रदेश सरकार अन्योलमा परेको बताएका हुन् ।

सरकारलाई कानून निर्माण गर्न प्रदेश तहबाटै झकझक्याउन आवश्यक रहेको बताउँदै उनले केन्द्र सरकारले कानून नबनाउँदा प्रदेश र स्थानीय सरकारलाई काम गर्न असहज भएको बताएका हुन् ।

उनले आफूहरु पनि जनताबाटै निर्वाचित भएकाकाले प्रदेश सरकारले केन्द्र सरकारको मुख नताकी सबैलाई मान्य हुने गरी कानून बनाउने  बताए ।

टेम्पो तथा मझौला यातायात व्यवसायी संघको २६ औं साधारण सभामा मन्त्री जम्मरकट्टेलले सरकारले २० वर्ष पुराना गाडी हटाउने निर्णय गरिसकेकाले यसको विरोध भन्दा विकल्प खोजी गर्न व्यवसायीलाई आग्रह गरे । उनले भने ‘फलामको आयु चलेसम्म चलाउने हो ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत