अध्यक्ष प्रचण्डद्वारा गणतन्त्र स्मारकको अवलोकन

२४ फागुन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी दरबार परिसरमा बनेको गणतन्त्र स्मारकको अवलोकन गरेका छन् ।

बिहीबार साँझ प्रचण्डले नाराणहिटी दरबारको पूर्वी भागमा ३६ रोपनी जग्गामा बनाइएको गणतन्त्र स्मारकको अवलोकन गरेका हुन् ।

स्मारक भित्र दुई ठुला हलमा जनआन्दोलनमा घाइते भएका, वेपत्ता भएका अंगभंगभएकाहरु तथा शहीदहरुको नाममा सांकेतिक अर्थ लाग्ने संरचना बनाइएको छ ।

अध्यक्ष प्रचण्डले गणतन्त्र स्मारकको अवलोकन गरिसकेपछि गणतन्त्र स्मारक तयार भएको देख्दा खुसी लागेको र राजनीतिक परिर्वतनका लागि शहीद भएकाहरुको सपना साकार भएको महसुस भएको बताए ।

स्मारक निर्माणका लागि ३५ करोड रुपैयाँको सम्झौता भएपनि अहिलेसम्म ४० करोड खर्च भइसकेको निर्माण कम्पनीले जनाएको छ ।पानीका फोहरा, बत्ती लगायत केही संरचना तयार भएपनि स्मारकको आन्तरिक साजसज्जा गर्न अझै बाँकी नै रहेको निर्माण कम्पनीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत