प्रतिनिधिसभाको सभामुखमा महरा निर्वाचित

२६ फागुन ०७४, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा चयन भएका छन् ।

शनिबार संसदको बसेको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए ।

साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र रिजालले पनि महरालाई समर्थन गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत