प्रधानमन्त्रीको सचिवालयमा दुई सदस्य नियुक्त

२६ फागुन ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा दुई सदस्य नियुक्त गरेका छन् ।

ओलीको सञ्चारविज्ञमा पत्रकार रामशरण बजगाई र स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त गरेका हुन् ।

सञ्चारविज्ञमा  नियुक्त गरिएका बजगाई ‘चक्रपथ’का सम्पादक हुन् भने  स्वकीय सचिवमा नियुक्त भएका राजेश बज्राचार्य ओलीको सचिवालयमा लामो समयदेखि कार्यरत छन् । उनी ओली यसअघि प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिव थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत