१६ किलो २५० ग्राम अवैध चाँदीको गहनासहित दुई जनालाई पक्राउ

२८ फागुन ०७४, काठमाडौं । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले १६ किलो २५० ग्राम अवैध चाँदीको गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

जनसेवाको टोलीले काठमाडौंको नागार्जुन बस्दै आएका पर्साको वीरगञ्ज–२, का  ४० वर्षीय सुरेश सर्राफ र  वीरगञ्ज–३ का ३० वर्षीय कृष्णा सर्राफलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं–२३, झोछेमा अवैध सुनचाँदीको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा अप्रेशन चलाउँदा उनीहरु पक्राउ परेका हुन् ।उनीहरुको साथबाट ९८ हजार ५ सय रुपैयाँ समेत बरामद भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत