धरानमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

२९ फागुन ०७४, धरान । साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा आउँदै गरेको ट्रक दुर्घटना हुँदा चारजना घाइते हुनका साथै दुईजनाको मृत्यु  भएको छ ।

मंगलबार धरानबाट स्काभेटर लिएर धनकुटा जाँदै गरेको ना५ख १९३६ नंं को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका– ७ का रामजीत राई र सोही ठाउँका कावीरबहादुर राई भएको जानकारी दिए ।

घाइते हुनेमा ट्रक चालक रामेछाप मन्थली नगरपालिका-७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० वर्षीय समन तामाङ, बागमती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी  हुन् । घाइतेहरूलार्इ उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी उपरीक्षक राजभण्डारीले बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत