सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा बिर्तामोड बजार बन्द

२९ फागुन ०७४, झापा ।  बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले बिर्तामोड बजार बन्द गरेका छन् ।

मंगलबार सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा बजार बन्द गरिएको हो ।

२० फागुनदेखि सम्पर्कविहीन भएका मुखियाको अपहरणपछि हत्या भएको आशंका गरिएको छ । उनको शव इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा भेटिएको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत