उपराष्ट्रपतिमा पासाङको पुनः उम्मेदवारी दर्ता

३ चैत ०७४, काठमाडौं । उपराष्ट्रपति पदमा नन्दबहादुर पुन ‘पासाङ’को उम्मेदवारी दर्ता भएको छ ।

शनिबार संघीय संसद भवन नयाँबानेश्वर पुगेर पुनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पुनको प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरूङ छन् भने समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ, अोनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्र प्रसाद गाैतम रहेको छन् ।

उम्मेदवारी दर्ताको लागि बिहान १० देखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

राष्ट्रपति पदमा भने विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेकी छन् । उपराष्ट्रपतिमा पुन निर्वाचित हुने पक्का रहेकाले उनको लागि पनि यो दोस्रो कार्यकाल हुनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत