क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्णमाथि आक्रमणको प्रयास

३ चैत ०७४, चितवन। भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा माथि आक्रमणको प्रयास भएको छ ।

शनिबार बिहान नौ बजेतिर भरतपुर माछामुच्छ्रे चोकमा कपाल काँटेर घर फर्किने क्रममा सापकोटालाई मोटरसाइकल चढेर आएका दुईजनाले आक्रमण गर्न खोजेका हुन् ।

सापकोटाले भने- ‘कपाल काँटेर घरतिर र्फकदै थिए मोटरसाइकल रोकेर गोर्कण भन्ने तैं हैनस् भनेर डिजेल हालिदिए । म भागेपछि अरु मान्छे जम्मा भए ।’

घट्नास्थल वरपर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको स्थानीयले बताएका छन् ।

घटनामा विप्लव माओवादीको संग्लनता देखिएपनि अहिलेसम्म कसैंलाई पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए । उनीहरुको खोजी कार्य भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत