चीनको राष्ट्रपतिमा सी जीनपिङ सर्वसम्मत निर्वाचित

एजेन्सी । सी जीनपिङ दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार बिहान चीनको व्यवस्थापिका ‘नेशलन पिपुल्स कंग्रेस’ले सीलाई थप पाँच वर्षका लागि राष्ट्रपतिकामा निर्वाचित गरिएको हो ।

गत अक्टुबरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठककले सीलाई पुन पार्टीको महासचिवमा चयन गरेको थियो ।

सन २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य बन्दै चिनियाँ नेतृत्वका रुपमा उदाएका सी २०१२ मा पार्टीको महासचिव बनेका थिए । १०१३ मा चिनियाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्ष बनेका सी अर्काे ५ वर्षका लागि सोही पदमा निर्वाचित भएका हुन् ।

यसै साता ‘नेशलन पिपुल्स कंग्रेस’ले एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बस्न नपाउने संवैधानिक व्यवस्था हटाएको थियो । यसबाट सीलाई अर्को ५ वर्षपछि पनि चीनको राष्ट्रपति हुन पाउने बाटो खुल्ला भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत