गौतमबुद्ध विमानस्थलमा यती एयरको विमान दुर्घटनाबाट जोगियो

४ चैत्र ०७४, भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको बिमान दुर्घटनाबाट जोगिएको छ ।

आइतबार ९ एनएजेसी नम्बरको बिमान रुपन्देहीको भैरहवामा रहेको गौतमवुद्ध विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो ।

यति एयरलाइन्सको जहाज रनवेमै अड्किएपछि गौतम बुद्ध विमानस्थल भैरहवाका सबै उडान प्रभावित भएका छन्। विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।

रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले काठमाडौंबाट ४:४० मा उडेको जुलेट चार्ली विमान ५:११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत