दिपक मनाङेका नाममा रेड कर्नर नोटिस जारी

४ चैत्र ०७४, काठमाडौं । प्रदेशसभा ४ को मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ (दिपक मनाङे) का नाममा अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गरेको छ ।

गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि फरार मनाङेका नाममा इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको हो ।

रेडकर्नर नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो ।

उनी हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत