निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी

५ चैत्र ०७४, काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

पत्रकार मदनबाबु भण्डारीले निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध प्रचलित कानून विपरीत नागरिकताको विवरण सच्याएको र शैक्षिक प्रमाणपत्र लिएको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंमा उजुरी गरेका हुन् ।

पत्रकार भण्डारीले दिएको जाहेरी दर्खास्तमा पराजुलीको शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरि हदैसम्मको कारवाही गर्न माग गरिएको छ ।

उजुरीमा भनिएको छ -‘नागरिकतामा एउटा मिति, सेवा प्रवेश गर्दा अर्को मिति, शैक्षिक प्रमाणपत्रहरुमा अलग अलग मिति भएका पराजुलीले प्रधानन्यायाधीशको पद लम्ब्याउनको लागि शैक्षिक प्रमाणपत्रका कागजात न्यायपरिषद् सचिवालयमा समेत पेश गरेनन् । यस्तो व्यक्तिका शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरी निजलाई हदैसम्मको कारबाही गरी पाऊँ ।’

उजुरीमा नेपाल ल क्याम्पस, नेपाल कानून व्यवसायी परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुर, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रशासन कार्यालय काठमाडौं, न्यायपरिषद्, कर्मचारी कल्याण कोष लगायतका निकायबाट पराजुलीको आवश्यक विवरण छानविनको माग समेत गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत