नेपाललाई उर्जा क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्छः पुन

७ चैत्र ०७४, काठमाडौं । उर्जा जलस्रोत तथा सिचाइमन्त्री बर्षमान पुनले उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेका छन् ।

बुधबार नेपाल इन्जिनियरिङ एशोसिएसनको १५ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेका हुन् ।

मन्त्री पुनले  भने-‘उर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने मेरो संकल्प हो । त्यसका लागि हामीले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्नुपर्ने हुन्छ । त्यसका लागि आयोजना निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउनु पर्छ ।’

उनले देश विकास र समृद्धिको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै त्यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग गरेर समृद्ध देश बनाउने बताए । उनले भने -‘देशमा लामो समयदेखि रहेको संक्रमणकालको अन्त्य भएसँगै हाम्रो समृद्धिको यात्रा सुरु भइसकेको छ, त्यसका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनसके मात्र त्यसले साँचो अर्थमा राष्ट्र हितमा योगदान पुग्छ ।’

उनले पेट्रोलियम पदार्थ र विद्युत आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्ने आफ्नो योजना रहेको बताए ।

त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओली र देशको राजनीतिक नेतृत्वले देश निर्माणका लागि संकल्प गरेको जानकारी दिदैं त्यसका लागि उर्जा मन्त्रालयले सबैभन्दा बढी योगदान पुर्याउने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत