मुलुक समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्छः प्रधानमन्त्री

७ चैत्र ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा गुर्नपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रतिस्पर्धात्मक रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बैठकमा दिगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नभएकाले १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।

प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत समस्या सुल्झाउन पनि प्रधानमन्त्री ओलीले दिर्नेशन दिएका छन् ।

उनले भने, ‘गरिबी निवारणमा सबै लाग्नुपर्छ, अब तराईमा कठ्याङिग्रएर कसैले मर्नु पर्दैन, प्रदेश सरकारका लागि के कुरा आवश्यक पर्छ त्यो स्पस्ट धारणा राख्नुस् ।’

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत