सल्लाहकार र सचिवालय सानो र छरितो बनाउने मन्त्रिपरिषदको निर्णय

८ चैत्र ०७४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सल्लाहकार र स्वकीय सचिवालय सानो र छरितो बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको सल्लाहकार र स्वकीय सचिवालय छरितो बनाउने कार्यविधि पारित गरेको हो ।

कार्यविधिमा सल्लाहकार र स्वकीय सचिवालय समूहमा २८ जनामात्र राख्ने व्यवस्था गरिएको छ । सरकारको आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरूप प्रधानमन्त्रीको सल्लाहकार र स्वकीय सचिवालयमा संख्या कटौती गरिएको हो ।

खर्च कटौती गर्न प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा सहसचिव या उपसचिवभन्दा तल्लो तहका कर्मचारी मात्र राखिनेछ ।यसअघिका प्रधानमन्त्रीले सल्लाहकार र स्वकीय सचिवालय समूहमा ४७ जनासम्म राख्ने गर्थे ।

सरकारले आफ्नो कामकारबाहीलाई प्रभावकारी ढंगले अघि बढाउन मन्त्रिपरिषद् मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरेको छ ।

प्रधानमन्त्रीको संयोजकत्वमा राजनीतिक समिति, अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक तथा पूर्वाधार समिति, रक्षामन्त्रीको संयोजकत्वमा प्रशासन समिति, गृहमन्त्रीको संयोजकत्वमा सामाजिक समिति र कानुनमन्त्रीको संयोजकत्वमा विधेयक समिति गठन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत