न्यायाधीशकै मिलेमतोमा न्यायालयमा भ्रष्टाचार भइरहेको छ – बार

११ चैत्र ०७४, काठमाडौं । नेपाल बार एशोसिएसनले निश्चित न्यायाधीशकै मिलेमतोमा न्यायालयमा भ्रष्टाचार भइरहेको बताएका छन् ।

आइतबार सम्पन्न बारको राष्ट्रिय सम्मलेनले २८ बुँदे घोषणा पत्र जारी गरी सो कुरा बताएका हुन् ।

जारी घोषणा पत्रको सातौं नम्बरको बुँदामा निश्चित न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र बिचौलियाको मिलेमतोमा भइरहेको भ्रष्टाचार निमूल पार्न माग गरिएको छ ।

घोषणा पत्रमा भनिएको छ, न्यायापालिकामा रहेको भ्रष्टाचारको अन्त्यका लागि आवश्यक कानुनी तथा संरचनागत उपायहरु आवलम्बन गर्न प्रधानन्यायाधीश लगायतको यो सम्मेलन ध्यानाकर्षण गराउँछ ।’

न्यायपालिकाको नेतृत्वमा आउने भ्रष्टाचार निर्मुल पार्ने प्रतिवद्धता जनाएपनि झन बढ्दै गएको भन्दै बारले विद्यमान संयन्त्रलाई प्रभावकारी बनाउन प्रधानन्यायाधीश, न्याय परिषद्, न्याय सेवा आयोग र कानुन व्यवसायी परिषदसँग माग गरेको छ ।

बार सम्मेलनले मुद्दाको पेशीलाई लिएर पटक पटक विवाद भएको भन्दै बारले सबै अदालतमा गोला प्रणालीबाट मुद्दाको पेशी तोक्न माग गरेको छ ।

साथै न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न, अन्तरिम तथा अन्तरकालीन आदेशको कार्यविधि नै बनाएर लागू गर्न पनि सम्मेलनले माग गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत