प्रधानमन्त्रीले सुनाए कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई ब्रिफिङ

१३ चैत्र ०७४, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भावी योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई ब्रिफिङ गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा परराष्ट्र मन्त्रालयले संयोजन गरेको  कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको भावी योजना तथा नीतिका बारेमा ब्रिफिङ गरेका हुन् ।

सुरुमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्दै सरकारले सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखे । त्यसपछि प्रधानमन्त्रीले सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री ओलीले राजदूत तथा विदेशी नियोगका प्रतिनिधि र विकास साझेदारहरुलाई नेपालमा सबै तहको निर्वाचन सम्पन्न भइ संविधान कार्यान्वयनको नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा सबैको साथ र सहयोगले मात्र नेपालको विकास सम्भव भएको बताए ।

उनले सरकाले सबै विकास साझेदारहरुसँग हातेमालो गरेर विकासको पथमा अघि बढ्न चाहेको र त्यसमा सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत