प्रदेश ७ का मुख्य न्यायाधिवक्ता उपाध्यायले लिए सपथ

१४ चैत्र ०७४, धनगढी । प्रदेश ७ का मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले  पद तथा गोपनियताको सपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले उपाध्यायलाई सपथ ग्रहण गराएका हुन् ।

उपाध्यायलाई गत फागुन २३ गते प्रदेश ७ को मन्त्रिपरिषदको तेश्रो बैठकले मुख्य न्यायाधिवक्तामा सिफारिस गरेको थियो । उपाध्याय नेपाल बार एशोसिएसनका निवर्तमान केन्द्रीय उपाध्यक्ष हुन ।

सपथग्रहण कार्यक्रममा प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्ल, मुख्य मन्त्री त्रिलोचन भट्ट लगायत प्रदेशका मन्त्रीहरु र मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत