४७ तोला सुनसहित ४ जना पक्राउ

१३ चैत्र ०७४, काठमाडौं । महागनगरीय प्रहरी वृत्त गौशालाले विदेशबाट अवैध सुन तस्करीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

महागनगरीय प्रहरी वृत्त गौशालाले ४७ तोला सुनसहित धनुषा सबेला–१२ का २० वर्षीय महोमद महमद सेफुल्ला, सर्लाहीको मलंगवा–७ का २५ वर्षीय रवी महतो र सिराहाको मिर्चैया–१० का ३८ वर्षीय राम पुकार महतोलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने मध्ये महोमद महमद सेफुल्ला काठमाडौं–९, पिंगलास्थलस्थित सवनम गेष्ट हाउसका सञ्चालक हुन् ।

पक्राउ परेकाहरुलाई सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालय गौचरणमा थप कारबाहीका लागि पठाइएको वृत्तका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । उनीहरुलाई सोमबार विदेशबाट अवैध सुन तस्करी गरिरहेको आरोपमा पक्राउ गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत