पत्रकार महासंघको ६३औं स्थापना दिवस मनाइदै

१५ चैत्र ०७४, ललितपुर । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न भएको छ ।

बिहीबार नेपाल पत्रकार महासंघ ललितपुरले स्थापना दिवसको अवसरमा ‘पर्यटन र दिगो विकासमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

गोदावरी नगरपालिका ललितपुर र नेपाल पर्यटन बोर्ड काठमाडौंको सहयोगमा नेपाल पत्रकार महासंघ ललितपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पत्रकार महासंघ ललितपुरले कार्यक्रममा २०७५ सालको क्यालेण्डर प्रकाशन गरेको छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थी लगायत  महासंघका केन्द्रीय सदस्य लगायतका पत्रकारको उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत