काँग्रेस नेता खुमबहादुर खड्काको निधन

१६ चैत्र ०७४, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ ।

शुक्रबार भारतको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचारको क्रममा निधन भएको हो ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधन भएको पुष्टि गरेका छन् । प्रवक्ता शर्माले खड्काको पार्थिव शरीर नेपाल ल्याउनेबारे पार्टीले परिवारजनसँग सल्लाह गरिरहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत