ईयूको कदम आपत्तिजनक छ – बुद्धिजीवी

१७ चैत्र ०७४, काठमाडौं । युरोपेली युनियन (ईयू)ले  सार्वजनिक गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति वरिष्ठ अधिवक्ता, पूर्वप्रशासकसहित २२ जना बुद्धिजीवीले आपत्ति प्रकट गरेका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै युनियनले क्षेत्राधिकारभन्दा बाहिर गएर खस–आर्यको आरक्षण अन्त्य गर्न सिफारिस गरेकोले उनीहरूले   ईयूको कदम आपत्तिजनक रहेको बताएका हुन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, श्रीहरि अर्याल,  पूर्वप्रशासक पुण्यप्रसाद लुइँटेल, पूर्वसचिव द्वारिकानाथ ढुंगेल, पत्रकार आदित्यमान श्रेष्ठलगायतले विज्ञप्तिमा युरोपेली युनियनलाई आफ्नो प्रतिवेदन सच्याउन अपिल गरेका हुन् ।

‘संविधानका केही प्रावधानमाथि नेपालीहरूको असन्तोष होलान्, तिनमा देशभित्रै छलफल गर्न सकिन्छ । सुधारको माग गर्न सकिन्छ । यो हाम्रो आन्तरिक मामिला हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत