रुट पाउन कम्पनी दर्ता अनिवार्य, सवारी पञ्जीकरण नगरी नयाँ दर्ता र नविकरण गर्न नमिल्ने

१८ चैत्र ०७४, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनले  सवारी पञ्जीकरण नगरी नयाँ दर्ता र नविकरण गर्न नपाउँने नयाँ नियम ल्याएको छ ।

विभागले रुट इजाजत दिने यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै अब विभागमा पञ्जीकरण भएका कम्पनीका सावर्जनिक सवारीलाई मात्रै रुट इजाजत दिने निर्णय गरेको हो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले पत्रकार सम्मेलनमा विभागमा पञ्जीकरण भएका सवारीले मात्रै रुट इजाजत पाउने र अब नयाँ आउने सवारीले कम्पनीमा दर्ता भएपछि विभागमा पञ्जीकरण गरेपछि मात्रै रुट पाउने बताए ।

आइतबारदेखि लागु भएको नयाँ नियम कार्यान्वयन भए यातायात व्यवसायीको दादागिरी अन्त्य हुनेछ । भक्तपुरका यातायात व्यवसायीले कम्पनीमा दर्ता भइ काठमाडौं बनेपा सञ्चालनमा आएको मयूर यातायातको विरोधमा चरणबद्ध आन्दोलन सुरु गरेपछि यातायात व्यवस्था विभागले यो नियम लागू गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत