काठमाडौंमा सडक विस्तारविरुद्ध प्रदर्शन

२३ चैत्र ०७४, काठमाडौं । काठमाडौंका स्थानीय बासिन्दाहरुले सडक विस्तारविरुद्ध प्रदर्शन गर्दै पुत्ला जलाएका छन् ।

स्थानीय बासिन्दाहरुले उपत्यका सडक विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीको पुत्ला जलाएका हुन् । असनबाट सुरु भएको प्रदर्शन, खिचापोखरी, ओमबहाल, बसन्तपुर हुँदै असनमा पुगेको थियो ।

प्रदर्शनपछि आयोजित कोणसभामा  वक्ताहरुले सडक विस्तारका नाममा सम्पदामाथि आक्रमण भएको र आदिवासीहरुलाई विस्थापित गर्न खोजिएको आरोप लगाए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत