बुटवलको भाटभटेनी सुपरमार्केटमा आगोलागी

२५ चैत्र ०७४, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा बिहान ४ः०० बजेदेखि आगोलागी भएको छ ।

आइतबार बिहान विद्युत सर्ट भई आगोलागी भएको हो ।  ६ तले भवनको छैठौँ तलामा आगो लागेको हो । छैठौँ तलाबाट सुरु भएको आगो पाँचौ तलामा समेत झरेको छ । आगो नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीबाट दमकल आएका छन् ।

नेपाली सेना, शसस्त्र, प्रहरी तथा स्थानीयहरु आगो नियन्त्रणमा लागेका छन् । आधा दर्जन दमकललाई सेनाले अग्नि नियन्त्रणका लागि प्रयोग गरेको छ । भाटभटेनी सुपर मार्केट करिव डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको थियो । इलेक्ट्रोनिक र कार्पेट राखिएको तलामा आगो लागेको हो ।

आगलागी विद्युत् (सर्ट)चुहिएर भएको बताइएको छ तर यकिन भएको छैन । सो सुपरमार्केट गत वर्षदेखि रु ९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत