कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण

२६ चैत्र ०७४, काठमाडौं । कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरेका छन् ।

संसद् बैठक सुरु भएको करिब दुई महिनापछि संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरेको हो । अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद् बैठकमा सहभागी हुनुपर्नेछ ।

संसद्ले कार्यव्यवस्था परामर्श समितिले संसद्मा पुरुष सांसदका लागि कोट र कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ भने महिला सांसदका लागि पोसाकमा कोट र ढाकाको धोती वा सारी विकल्पका रूपमा तोकिएको छ ।  तोकिएको छ । यस्तै  भने  तोकेको पोसाकलाई अपनाउने निर्णय गरेको थियो ।

पुरुष सांसदको हकमा दौरासुरुवाल र पाइन्टलाई पनि विकल्पमा दिइएको छ । यस्तै महिला सांसदको हकमा चोली र पाइन्ट विकल्पका रूपमा तोकिएको छ ।

समितिले निर्धारण गरेको पोसाकका आधारमा सांसदहरू संसद् बैठकमा सहभागी हुनुपर्नेछ । कोटको रङ भने खैरो र हल्का उज्यालो हुने संसद् सचिवालयले जानकारी दिएको छ । कार्यव्यवस्था परामर्श समितिले पोसाकको टुंगो लगाएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

‘हामी पोसाकमा केही लचिलो बनेका छौं, सहज हुने पोसाक निर्धारण गरिएको छ’, कार्यव्यवस्था परामर्श समितिका सदस्यसमेत रहेका सांसद धर्मराज रेग्मीले भने, ‘सबै सांसदका लागि कोट तोकेका छौं, पुरुष सांसदका लागि भने टोपी अनिवार्य छ । महिलाका लागि सारी र धोती तथा चोलोमा विकल्प छ । पुरुषले पनि दौरासुरुवाल र पाइन्ट विकल्पमा प्रयोग गर्न सक्नेछन् ।’ पोसाकले सहज हुनुपर्ने भएकाले विकल्प दिइएको रेग्मीले बताए ।

यस्तै प्रदेशसभाको लोगो पनि टुंगो लागेको छ। कार्यव्यवस्था परामर्श समितिले लोगो टुंग्याएको हो। लोगोमा महिला र पुरुषका हातले संयुक्त रूपमा कर्णाली प्रदेशको नक्सालाई माथि उचालको, बीच भागमा नेपालको झण्डा फहराएको र कर्णाली प्रदेशसभा लेखिएको हुनेछ । कार्यव्यवस्था समितिले टुंगो लगाएको पोसाक र लोगो अब कार्यान्वयनमा आउनेछ ।

गत माघ २१ गते प्रदेश संसद्को पहिलो बैठक बसेको थियो । अब सोमबार संसद्को दसौं बैठक बस्दै छ । सोमबारको बैठकबाट चारवटा संसदीय समिति गठन हुनेछन् ।

संसद् नियमावलीअनुसार संसद्मा विधायन तथा प्रदेश मामिला, सामाजिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन हुनेछन्। संसद बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत