कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

२७ चैत्र ०७४, पाल्पा।  कालीगण्डकी नदीमा पौडी खेल्न गएका  दुई बालक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

सोमबार दिउँसो पाल्पा जिल्लाको  रम्भा गाउँपालिका–१, हुँगीमा पौडी खेल्न गएका तीन जनामध्ये  दुई जना बालक  बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा हुँगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो ।

आज बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत