रारा ताल परिसरमा कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक सम्पन्न

३० चैत्र ०७४, मुगु ।  कर्णाली प्रदेशको मन्त्रिपरिषद्  बैठक आज रारा ताल परिसरमा बसेको छ ।

शुक्रबार साँझ  मुगु जिल्लामा रहेको नेपालकै सबैभन्दा  ठूलो रारा ताल परिसरमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा  मन्त्रिपरिषद् बैठक बसेको हो ।

समुन्द्री सतहबाट २ हजार ९७२ मिटर उचाइमा रहेको रारा तालमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु पनि पुगेका छन् । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै प्रदेशलाई सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार  प्रधानमन्त्री ओलीले भोलि नै रारा परिसरबाट बिहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने तय भएको छ । सम्बोधन लगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका पुगेर ११ बजे पुन: रारा फर्किने छन् ।

रारामा प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यतालिका छ । १२ बजे पर्यटन वर्ष उद्घाटन सकेर २ बजे जुम्ला प्रस्थान गर्दैछन् ।

जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ । मुगुमा रहँदा प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत