वीर अस्पतालले थाइराइडको क्यान्सर पत्ता लगाउन प्रविधि भित्र्यायो

६ बैशाख ०७५, काठमाडौं । वीर अस्पतालले थाइराइडको क्यान्सर पत्ता लगाउन उपयोगी नयाँ प्रविधि भित्र्याइएको छ ।

बिहीबार  ‘नेपाल हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले  वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई अनुदान स्वरुप उक्त प्रविधि हस्तान्तरण  गरेका हुन् ।

निर्देशक बस्नेतले यो सफ्टवेयर थाइराइडको क्यान्सर पत्ता लगाउन निकै प्रभावकारी हुने बताउँदै क्यान्सर रोगको थप अनुसन्धानका लागि उपयोगी हुने बताए ।

हेल्थ केयर सोलुसनका निर्देशक भट्टले यो प्रविधिले क्यान्सरको साधारण, खतरा र अन्यत्रबाट क्यान्सर सरे वा नसरेको सहजै पत्ता लगाउन सकिने र सफ्टवेयर जुनसुकै अल्ट्रासाउण्डका मेसिनमा राख्न मिल्ने बताए  ।

अस्पतालका रेडियोलोजिस्ट डा. स्वयंप्रकाश पण्डित र नाक, कान, घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले यो प्रविधिको मद्दतले थाइराइडका ससाना ट्युमर समेत पत्ता लगाउन सकिने जानकारी दिए ।

‘एम्क्याड–युटी’ नाम दिइएको उक्त नयाँ सफ्टवेयरले अमेरिकाबाट एफडिए प्रमाणपत्र समेत पाइसकेको छ । सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले उत्पादन गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत