प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने मुख्यमन्त्री राउतको घोषणा

७ बैशाख ०७५, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पहल गर्ने घोषणा गरेका छन् ।

शुक्रबार धनुषा जिल्ला क्रिकेट संघद्वारा आयोजित तेस्रो दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता (डीजीएमटी) उद्घाटनका क्रममा प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पहल गर्ने घोषणा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले राष्ट्र खेलकुदको विकासप्रति उदासिन रहेकोले बताउँदै अगामी दिनमा प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरे ।

‘प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्नको लागि योजनाहरु ल्याउने छ’, मुख्यमन्त्री राउतले भने, ‘खेलाडीको खेल जीवन सीमित समयको हुने गरेको छ । बाँकी जीवन व्यतित गर्ने व्यवस्था हुनुपर्छ ।’

जनकपुरको बारहविगहा रंगभूमी मैदानमा आयोजित प्रतियोगिता मुख्यमन्त्रीले ब्याटिङ गरी उद्घाटन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत