डोल्पामा जीप दुर्घटना हुँदा तीन घाइते, एकको मृत्यु

८ बैशाख ०७५, डोल्पा ।  त्रिपुरासुन्दरी नगरपालिका – ५ करोपगाँडमा जीप दुर्घटना हुँदा तीनजना घाइते हुनका साथै एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार बिहान ९ बजेतिर खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोटतर्फ गइरहेको लु १ च ५४६६ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर रुकुम जिल्ला आठबिसकोट नगरपालिका -९ का ६० वर्षीया रामकला जैसीको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका -५ का २७  वर्षीया बिष्णुरुपा बोहोरा , दैलेख चामुण्डा विन्द्यासैनी नगरपालिका -९ का चालक वीरबहादुर थापा र रुकुम आठबिसकोट नगरपालिका -६ का १८ वर्षीय जयबहादुर थापा घाइते भएका छन् ।

घाइते थापा र बोहोराको अवस्था गम्भिर रहेकाे छ भने जयबहादुर थापाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । घाइतेलाई उपचारको लागि राडीज्युलातर्फ लगिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत