त्रिभुवन विमानस्थलबाट अवैध यूआन र यूएस डलरसहित चिनियाँ नागरिक पक्राउ

९ बैशाख ०७५, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध चिनियाँ यूआन र यूएस डलरसहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ ।

आइतबार ३८ हजार एक सय यूआन र १९ हजार ९ अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

पक्राउ परेको चिनियाँ नागरिक विमान बंगलादेशको फ्लाट नं. बीई ०७२ बाट उड्ने तयारीमा रहेको विमानस्थल प्रहरीले जानकारी दिए तर पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत