९ बैशाख ०७५, काठमाडौं । निर्वाचन अायाेगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ ।
आइतवार साँझ ७ः५० बजेतिर ललितपुरको हात्तीवनस्थित यादवको घरमा बम बिस्फोट भएको हो ।
प्रहरी घटनास्थलमा पुगेको बताइए पनि क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।
प्रत्यक्षदर्शीले बिस्फोटको ठूलो आवाज आएकाे बिस्फोटबाट घरको बाहिरी भित्तामा सामान्य क्षति पुगेको जनाएका छन् ।