डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने राजु थापालाई १७ वर्ष कैद

१२ बैशाख ०७५, काठमाडौं । उच्च अदालत पाटनले  डा. उपेन्द्र देवकोटाको छोरी मेघाको अपहरण प्रकरणमा दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला गरेको छ ।

बुधबार न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको  संयुक्त इजलासले  थापालाई अपहरणको मुख्य दोषी ठहर गर्दै १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको हो  ।

यसअघि काठमाडौं जिल्ला अदालतले थापालाई ११ वर्ष कैद र एक लाख ७५ हजार रुपैंया जरिवाना गरेको थियो । देवकोटाकी छोरी अपहरणमा गोकुल राजेश क्षेत्री उपनामका गिरीसहित, केशव दर्लामी र राजु थापा संलग्न थिए ।

यो समूहले ०६५ को भदौमा डा. देवकोटाकै घरबाट मेघालाई अपहरणसँगै घरमा डकैती समेत गरेका थिए । त्यो बेला देवकोटाको घरबाट डेढ करोड बराबरको डकैती गरेका उनीहरूले एक करोड ३० लाख रुपैयाँ बुझाएको ३ दिनपछि मेघालाई गौशालामा ल्याएर छाडेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत