१३ बैशाख ०७५, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ ।
बिहीबार जिप्रका काठमाडौंले सूचना निकालेर प्रदर्शन स्थलको सम्बन्धमा आवश्यक तयारी गर्न केही समय लाग्ने देखिएकाले माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको हो ।
जिप्रका काठमाडौंले सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्वन्धी निर्णय असार १ बाट मात्र लागू हुने बताएको छ ।
जिप्रकाले २ वैशाखमा सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो । यसअनुसार वैशाख १६ बाट माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक कार्यक्रम वा प्रदर्शन गर्न पाइने थिएन ।