धादिङमा बस र ट्रक ठोक्किदा २७ घाइते

१५ बैशाख ०७५, धादिङ । गजुरी गाउँपालिका वडा नंं ६ जहरेमा बस र ट्रक ठोक्किदा २७ जना घाइते भएका छन् ।

शनिबार बिहान झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ६ ख १९२६ नम्बरको बस र विपरीत दिशाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक ठाेक्किएका हुन् ।

बसमा सवार २७ जना घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत