‘ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८’ को अडिसन सम्पन्न

१५ बैशाख ०७५, काठमाडौं । सिजन मिडिया प्रा.लि.ले एसइई परीक्षा दिएर वसेका छात्राहरुलाई केन्द्रीत गरी  ‘ह्वाइ हाउस एसएलसी प्रिन्सेज २०१८’ अडिसन छनौट सम्पन्न गरेको छ ।

अडिसनबाट छनौट भएका छात्राहरु ।

असारको पहिलोे साता सम्पन्न हुने उक्त  प्रतियोगीताका लागि अडिसनवाट ३० जना प्रतियोगीहरु छनौट भएका छन् । । छनौट भएका प्रतियोगीहरुको बैशाख १७ गते सोमवारदेखि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

सिजन मिडिया प्रा.लि.ले विगत ८ वर्षदेखि निरन्तर रुपमाउक्त कार्यक्रम गर्दै सञ्चालन गर्दै आइरहेको छ ।

अडिसन कार्यक्रममा निर्णायक मण्डलमा कोरियोग्राफर रोजिन शाक्य,शिक्षक प्रेम गुरुङ र सिजन मिडियाका इभेन्ट म्यानेजर रेजिना तुलाधर रहका छन् ।

प्रतियोगिताका विजेताले ‘एसएलसी प्रिन्सेज २०१८’ को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख बराबरको छात्रावृत्ति ल्यापटप, मोवाइलफोन,  गिफ्टहयाम्पर पाउनुका साथै ५ दिनको बैंकक भ्रमणको अवसर प्रदान गरिनेछ ।

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै ल्यापटप मोवाइल आदि उपहारहरु पाउनेछन र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीवराज वन्तले जानकारी दिए ।

यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत