नारायणी अस्पतालमा शुल्क वृद्धि गरेको विरोधमा प्रदर्शन

१६ बैशाख ०७५, विरगन्ज । नारायणी उपक्षेत्रीय अस्पतालको सेवा शुल्क वृद्धि गरेको विरोधमा सर्वसाधारणले प्रदर्शन गरेका छन् ।

आइतबार नारायणी उपक्षेत्रीय अस्पताल विकास सहयोग अभियानको आहृवानमा सर्वसाधारणले एक घण्टा अस्पताल अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

गरिबहरुले उपचार गर्ने अस्पतालमा चर्को शुल्क बृद्धि गरेर नीजि अस्पतालको भन्दा महँगो शुल्क लिएको भन्दै  बिहान ११ बजेदेखि १२ बजेसम्म अस्पताल अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

प्रर्दशनकारीले गरीबको ढाड सेक्न पाइदैन, सरकारी अस्पताललाई व्यापारिक केन्द्र बनाउन पाइदैन, अनियमितता र बेथिति बन्द गर, शुल्क वृद्धि फिर्ता गर लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए ।

अस्पताल प्रशासनले भने अस्पतालको आय स्रोत बढाउन शुल्क वृद्धि गरिएको बताएका बताउँदै आएको छ । यसअघि पनि सार्वसाधारणले शुक्रबार पनि एक घण्टा प्रदर्शन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत